काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रले देश जोगाउनका लागि सबै एक हुन आव्हन गरेका छन् । यो सबैले भन्ने कुरा हो। पूर्व राजाको यो सन्देश आउने वित्तिकै संसदमा रहेको बेला बेलामा सत्तामा गएको एउटा पार्टी राप्रपाले आकस्मिक बैठक बोलाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक फागुन १५ गते बस्ने भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको अन्तर्यबारे छलफल गर्न अध्यक्ष राजेन्द्र लिङदेनले वैठक बोलाएका हुन् ।
पूर्वराजाले आफ्नो शुभकामना सन्देशमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ जनतासँग आह्वान गरेका थिए । उनको यस्तो आह्वानपछि राप्रपा नेताहरु जुर्मुराएका छन् । वरिष्ठ नेता तथा पूर्वअध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले सामाजिक सञ्जालबाटै पार्टीको वैठक बोलाउनुपर्ने माग गरेका थिए । तर देशमा अलोप्रिय भएर जनतबाट संवैधानिक तारिकले गद्धिच्युत भएका ज्ञानेन्द्रको यो मुखरावाणीबाट आउने वित्तिकै त्यस्तो चमत्कार भयो भन्न्नेमा धेरैले बुझेका छैनन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजाको सन्देश तथा अन्य समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको बताए ।
उनले भने, ‘पूर्वराजाले शुभकामना सन्देशमा जुन भाव व्यक्त गर्नुभएको छ, त्यसमा राप्रपाको पूर्ण समर्थन छ । अब यसमा पार्टीले बनाउने रणनीतिका विषयमा वैठकमा छलफल हुन्छ ।’
राप्रपाभित्रकै ‘हार्डलाइनर’ राजावादीहरु भने बढी नै हौसिएको देखिन्छ । महामन्त्री डा। धवलशम्शेर राणाले सामाजिक सञ्जालमा स्टास लेख्दै पूर्वराजाले गरेको आह्वानको स्वागत र समर्थनमा जिल्ला–जिल्लामा दीप प्रज्ववल गर्न आह्वान गरेका छन् ।
उनी लेख्छन्, ‘राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धी र उन्नतिका लागि राजा ज्ञानेन्द्रबाट सबै नेपालीलाई साथ दिन भएको आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दिप प्रज्वलन गर्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई आग्रह गर्दछु ।’
हिजो पनि उनले आफ्नो तर्फबाट एक विज्ञप्ति निकाल्दै पूर्वराजाको अभिव्यक्तिको स्वागत गरेका थिए । यस्तै, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि पूर्वराजाको वक्तव्य लगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी पंतिलाई तयारी अवस्थामा रहन अनुरोध गरेका थिए ।
राप्रपा संस्थापन पक्ष भने त्यति धेरै उत्ताउलिएको छैन । अध्यक्ष राजेन्द्र लिङदेनले राजाको आह्वानबाट समान विचार भएका व्यक्ति र दलहरसँग सहकार्यको बाटो थप खुलेको प्रतिक्रिया दिएका छन् ।
संस्थापन पक्षका एक नेताले महामन्त्री राणाले आफूखुशी जारी गरेका वक्तव्यहरुलाई ‘सांगठनिक अराजकता’ को संज्ञा दिए ।
‘पार्टी अध्यक्षबाट धारणा आइसकेको छ । सबैले वक्तव्य दिइराख्नु पर्दैन’, उनले भने, ‘अहिले दीप प्रज्ववलन गरेर खुशीयाली मनाउनुपर्ने केही छैन ।’
राप्रपाका केही नेताले राजाको बक्तब्यको समर्थन गरेर पनि संस्थागत रुपमा यो निर्णय गर्न कठिन छ। संसीय राजनीति छोडेर राप्रपा सडकमा मात्र बस्न सक्ने संभावना छैन। राप्रपा राजाको विरासतबाट आएको पार्टी हो। तर त्यसलाई पुरा ग्रहण गर्न सक्ने अवस्थामा पनि छैन। संसदीय ब्यबस्थामा राजावादीको पहिचान मेटाएर टिक्न सक्ने अवस्थामा पनि छैन।
नेपाली जननताको आन्दोलन सधै जनतलाई शासक बनाउने आन्दोलनमा केन्द्रित छ। तर राप्रपाको आन्दोलन राजालाई शासक बनाउनेमा केन्द्रित छ । सबैले राप्रपालाई प्रश्न गर्न थालेका छन् तपाईहरु जनतामाथि शासन गर्ने शासक राजा खोजिरहनु भएको छ, जनता जनताको शासन खोजी रहेका छन् ।
तपाईको बिचार