मुख्यमन्त्री सिंहको निर्देशनमा अस्पताल बन्द !

मुख्यमन्त्री सिंहको निर्देशनमा अस्पताल बन्द !

579

काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनमा बीरगञ्जमा संचालित अवैध अस्पतालहरु त्राहिमाम भएका छन् उनीहरुले आफ्नो अस्पताल नै बन्द गरेर भाग्न समेत थालेका छन् । मुख्यमन्त्री सिंहले चालेको यही कदमा कारण जनकपुरधाममा सञ्चालन अनुमति नलिएका आधा दर्जन अस्पताल बन्द भइसकेका छन् ।

उनकै निर्देशनमा वीरगञ्जका नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर बन्द गराएका छन् ।

मुख्यमन्त्री सिंह हिजो(बुधवार) वीरगञ्ज पुगेर सात नीजि अस्पतालको अनुगमन गरेका थिए । सो क्रममा इण्डो हस्पिटल अनुमति नलिई सञ्चालनमा रहेको खुलेपछि मुख्यमन्त्री सिंहले तत्कालै बन्द गराएका हुन् । त्यहाँ उपचाररत बिरामीलाई अन्यत्र सार्न पनि निर्देशन दिइएका हुन् ।

मुख्यमन्त्री सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जस्थित श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वोत्तम अस्पताल, आशाराम हस्पिटल र स्पर्श मल्टीस्पेस्यालिटी अस्पताल अनुगमन गरेका छन् ।

 

श्री भवानी हस्पिटल र स्पर्श मल्टिस्पेशलिटी हस्पिटलले नवीकरण नगरेको पाइएको छ । दुवै अस्पताललाई नवीकरण गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

त्यहाँ संचालित अधिकांश अस्पताल नविकरण नगरी चलाईएको पाईएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर