उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

581

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ। गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै सबैभन्दा ठूलो हिमपात भएको जानकारी स्थानीयवासी निमा लामाले दिए ।लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो ,उनले भने ,दुई दिन अगाडि सामान्य हिउँ परेको भए पनि अहिले परेको हिउँ यो यामको सबैभन्दा ठूलो हिमपात हो ।

नुब्री भ्याली, जसलाई उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फको गाउँ साम्दोदेखि तलसम्म फैलिएको सामागाउँ र स्याला क्षेत्र भनेर चिनिन्छ, त्यहाँ हिउँ परेको छ। मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात निरन्तर रूपमा परिरहेको छ। साम्दोमा जमिनबाट एक फिटभन्दा माथि हिउँ जमेको छ। तल स्यालासम्म पनि हिउँ परेको छ।

भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जीवन प्रभावित भएको छ। टेलिफोन र इन्टरनेट सेवामा समेत समस्या आएको छ। सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने, कहिले जाने भइरहेको छ, उनले भने, हिउँ पर्न नरोकिदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ। हिमपातकै कारण शनिबार साँझ उक्त क्षेत्रमा पुगेका स्वदेशी र विदेशी पर्यटकसमेत समस्यामा परेका छन्, पथप्रदर्शक सूर्य खनालले जानकारी दिए। ूपर्यटकलाई लिएर लार्केपास जानसक्ने अवस्था छैन,उनले भने,पर्यटकसहित हामी साम्दोको होटलमा आश्रय लिएर बसिरहेका छौं। मनास्लु पदमार्ग र लार्केपास मार्गका पर्यटकहरू पनि प्रभावित भएका छन्।

यता, लामोसमयपछि आएको हिमपातसँगै स्थानीयवासी खुशी भएका छन्। हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएकाले उनीहरू खुसी भएका छन्। स्याला क्षेत्रका कृषकहरू यसअघि नै करु रोपिसकेका थिए तर उम्रन नसकेका कारण अहिले यो हिमपातसँगै उनीहरूको खेती राम्रो हुने भएकाले उनीहरू खुशी भएका छन्। सामागाउँ र साम्दोमा अबको एक महिनापछि खेतीपाती सुरु हुने भएकाले हिउँले जमिनलाई खुकुलो बनाउन र खेती गर्न सहज बनाउन मद्दत पुर्याउनेछ, लामा बताउनुहुन्छ। सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुन्छ। चुमभ्याली तर्फ मौसम सामान्य रहेको र अवस्था सामान्य रहेको स्थानीयको भनाइ छ।

तपाईको बिचार