सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

575

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया सुरू भएको छ।

 

समितिका सभापतिको निर्वाचनका लागि चुनावी प्रक्रिया आजबाट सुरु हुने भएको हो ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार आज मतदाता रहेका प्रदेश सभा सदस्यको नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोध गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव दर्ताको तालिका रहेको छ ।

 

जसअनुसार भोली प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिका सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको छ ।

 

सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक समिति सभापतिको निर्वाचन तय गरेका थिए, जसअनुसार आजवाट प्रकिया सुरू भएको हो ।

तपाईको बिचार