फाखेल–हुमाने सडक बन्द

फाखेल–हुमाने सडक बन्द

551

मकवानपुर । काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडकको स्तरोन्नति कार्यका कारण आजदेखि सडक बन्द गरिएको छ।

अर्को सूचना जारी नभएसम्म यो सडक बन्द रहने जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले राससलाई दिएका छन्। उनले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

कुलेखानी–सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्ग यस सडकका विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ।

तपाईको बिचार