नेपाल शान्ति तथा ऐक्यवद्धता परिषदकोे १७औं स्थापना दिवस सम्पन्न भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा परिषद्का बिषयमा बिभिन्न वक्ताहरुले प्रकाश पारेका थिए।
कार्यक्रममा संस्थाले १७ बर्षको अवधीमा विश्वमा शान्ति स्थापनार्थ गरेका कार्यहरुको अतिरिक्त राजनैतिक तथा आर्थिक औपनिवेशिक कार्यका विरुद्ध चालेका अभियानको बारेमा चर्चा भएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक स्वर्गीय पशुपति चौलागाईको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा भएको थियो । संस्थाका संयोजक रविन्द्र अधिकारीले उनको वाल्य अवस्थादेखि देहावसानसम्मका बारेमा उल्लेख गरेका थिए ।
अधिकारीले दोलखा जिल्लाको काभ्रे गाउँमा जन्मेका स्व चौलागार्इ ं नेपालको राजनीतिक क्षेत्रमा एक निष्ठावान् र इमानदार व्यक्तित्वकारूपमा परिचित रहेको वताए । विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्राको सुरुवात गरेका चौलागाई २०५६ सालमा दोलखा क्षेत्र नं १ बाट प्रतिनिधिसभा र त्यसपछि संविधानसभा सदस्य भइ े संविधान निर्माणमामा समेत योगदान दिएको बिषयमा चर्चा गरिएको थियो ।
उनी नेकपा (एमाले) को पोलिटब्यूरो सदस्य तथा साबिक बागमती अञ्चल इन्चार्ज समेत थिए ।
उनको २०७८ साल वैशाख २८ गते काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा कोभिड–१९ संक्रमणका कारण ६१ वर्षको उमेरमा निधन भएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले उनको सरल, निर्भीक, र निःस्वार्थ व्यक्तित्वका कारण सबैको उच्च सम्मान रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै जीवनप्रकाश शर्माले चौलागाईले देशलाई आत्म निर्भर बनाउन कृषि, शिक्षा, सहकारी, र सामाजिक विकासका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । संस्थाका उपाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठले उनको निधनले नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । संविधान सभा सदस्य तथा नेकपा एमालेको केन्द्रीय सदस्य कल्पना चापागाईले नेकपा एमालेको आठौं महाधिवेशन देखि संविधान निर्माणमा समेत राजनैतिक सहयात्रा गर्दा उनको विचार उच्च रहेको बताइन् ।
संस्थाका संयोजक रविन्द्र अधिकारीको सभापतित्वमा संचालित कार्यक्रमा चौलागाईले अन्तर्राट्रिय स्तरका कार्यक्रममा भाग लिनेक्रममा ११ देशको भ्रमण गरेको र तिनमा गरिएका सम्वोधनमा सधै देशलाई गरिवीबाट मुक्त गरी शान्तिपूर्ण समाज स्थापना गर्न नै केन्द्रित रहेकोमा प्रकाश पारिएको थियो । चौलागाईले विश्व शान्तिविना लक्ष्य प्राप्ति हुन प्रायः असम्भ रहेकोमा जोड दिने गरेको र उनको योगदान र स्मृति सधैं जीवित रहने स्मरण गरिएको थियो ।
कार्यक्रममा स्व चौलागाईका बालसखा भिम दाहालले उनको व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए ।
चौलागाईलाई मरणोपरान्त सम्मान गर्दै सो सम्मान उनकी धर्मपत्नी सुनिता चौलागाईलाई हस्तान्तरण गरिएको थियो । संस्थाले उनका स्मृतिमा ‘पशुपति चौलागाई स्मृति शान्ति पुरस्कार–२०८१’ को पनि शुरुवात गरेको छ । यो बर्षको सो पुरस्कार विश्व रेडियो दिवसको अवसर पारि रेडियो दिदी बैनी पर्वतलाइ प्रदान गरिएको थियो ।
ग्रामिण क्षेत्रबाट महिला शशक्तिकरण, मानवाधिकार तथा शान्ति अभियानमा १७ बर्षदेखि लगातार समाचार संप्रेषण गरेकोले सो रेडियोलाई पुरस्कार प्रादन गरिएको आयोजकले जनाएको छन्। । ५१ हज्जार राशीको सो पुरस्कार रेडियोका प्रतिनिधि डा चुनौती जोशीलाई हस्तान्तरण गरिएको थियो ।
अधिवक्ता राम जनक कटवालद्धारा संचालित उक्त कार्यक्रममा विभिन्न क्षेत्र र विधाका व्यक्तित्वहरुको उल्लेख्य सहभागिाता रहेको थियो ।
तपाईको बिचार