काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन फुट्दा काठमाडौंको बबरमहल क्षेत्र पुरै जलमग्न हुन पुगेको छ।
पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालय र घरमा समेत पानी पसेको छ । बुधबार दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेपछि अहिले यो क्षेत्रमा खोलै बगेकाठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि जलमग्न भएको हो ।
वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बपानी पसेको छ । उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले मेलम्ची खानेपानी सञ्जालको पाइट फुटेको जानकारी दिएका छन् ।
‘रेगुलर (नियमित आपूर्ति)तर्फको पाइप फुटेको हो कि, थोक वितरण प्रणाली (बिडिएस) को पाइप फुटेको यकिन भइसकेको छैन,’ उनले भने । पाइप फुटेर जलमग्न भएपछि अहिले त्यसभेगको वितरण प्रणाली बन्द गरिएको उनले बताए ।
‘हामीले कहाँको पाइप फुटेको हो बुझ्न कर्मचारी परिचालन गरिसकेका छौं,’ उनले भने । काठमाडौं उपत्यकाभित्र गत साउनयता मात्रै तीन हजार ६ सय यस्ता चुहावट हुने ठाउँ पहिचान भएका थिए ।
त्यसमध्ये तीन हजारदेखि तीन हजार दुई सय ठाउँका चुहावट मर्मत भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले जानकारी दिए । उनकाअनुसार अझै चार सयभन्दा बढी पहिचान भएका ठाउँको चुहावट मर्मत हुन बाँकी रहेको छ ।
तपाईको बिचार