पर्सामा भारतीय नागरिकको हत्याको आशंका

पर्सामा भारतीय नागरिकको हत्याको आशंका

655

सञ्जय मिश्रा
रौतहट। पर्सा जिल्लाको पश्चिमी भागको ठोरी गाउँपालिकामा एकजना भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ।

ठोरी गाउँपालिका–४ बाघमोर्चा पुल नजिक आज भारतीय पुरुषको हत्यापछि शव शंकास्पद अवस्थामा फालिएको थियो। गाउँलेहरूले शव देखेर प्रहरीलाई खबर गरेका थिए।

मृतक भारतीय नागरिक भारतको बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको रूपमा पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्।

प्रवक्ता लम्सालले मृतकको घाँटीमा सल बेरिएको र दाग देखिएको कारण कसैले हत्या गरेर शवलाई त्यहाँ फालिएको हुनसक्ने बताएका छन्। उक्त हत्या कसले र किन गरेको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने उनले बताए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई मुचुल्का गरेर पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

तपाईको बिचार