काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर २९ को वडा भवन उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘संविधान जारी गरेको कुरा यो केही होइन भन्छन् । के गर्दा ठूलो कुरा हुने यहाँ रु’ उनले प्रश्न गरे, ‘काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’
उनले कामभन्दा हल्ला बढी गर्नेहरुलाई चिन्न र त्यस्ता व्यक्तिहरुको पछि नलाग्न पनि आह्वान गरे । ‘होहल्ला गर्ने पछाडिको नियत के हो रु तपाईं–हामीले त्यो पनि बुझ्नुपर्यो,’ उनले भने, ‘होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भन्छन् । छोडेर आको कि केही काण्ड भएर फर्केर आएको हो, त्यो पनि बुझ्नुपर्यो नि ।’
उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूलाई चिन्न सुझाव दिए ।
फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताए । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै उनले नागरिकतहबाट सरकारलाई साथ दिन आग्रह गरे ।
काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिनिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको जिकिर गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।
प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्ने उनको भनाइ थियो । वडाको प्रशासकीय भवन बनेपछि काठमाडौं २९ को सेवा प्रभावकारी बन्ने सिंहले विश्वास व्यक्त गरे ।
यस अघि काठमाडौंको डिल्ली बजारमा रहेको सो वडा कार्यालय शुक्रबार विधिवत उद्घाटन भएपछि अनानम नगरमा सरेको छ। सो कार्यालयबाट उद्घाटनपछि सबै सेवा उपलब्ध हुने वडा कार्यालयले जनाएको छ।
तपाईको बिचार