एपीटीले तोड्यो गङनम स्टाइलको रेकर्ड

एपीटीले तोड्यो गङनम स्टाइलको रेकर्ड

827

एजेन्सी । के पप ब्याण्ड ब्ल्याक पिंककी गायिका रोज र गायक ब्रुनो मार्सको चर्चित गीत एपीटी युट्युबमा सबैभन्दा छिटो १ अर्बपटक हेरिने के पप–गीत बनेको छ।

३ महिनाअघि रिलिज भएको यो गीतले कोरियन गायक साईको गङ्नम स्टाइलको रेकर्डलाई तोडेको छ। गत शुक्रवार यो गीतले १ अर्ब युट्युब भ्युज पार गरेको हो। यो गीतले १ सय ५ दिनमा नै एक अरब भ्युज पार गरेस“गै सन् २०१२ मा रिलिज भएको साईको गङनम स्टाइलको रेकर्ड तोडेको हो।

सो गीत युट्युबमा १५८ दिनमा एक अरब पटक हेरिएको थियो। रिलिजदेखि नै लोकप्रिय यो गीत युट्युब, स्पोटीफाई, बिलबोर्डलगायत सूचीको शीर्ष स्थानमा रहँदै आएको थियो। गीत विश्वव्यापी ट्रेन्डिङमा छ। त्यस्तै यो गीत युट्युबमा अरब भ्युज पाउने पा“चौं गीत समेत बनेको छ। विश्वका जुनसुकै कुनाका युवा पुस्ताको रोजाईमा परेको यो गीत प्रायः पार्टी र जमघटमा अनिवार्य जस्तै बनेको छ।

तपाईको बिचार