नासा नेपालद्वारा राखेपका नवनियुक्त उपाध्यक्ष आचार्य सहित सदस्यहरु लाई स्वागत तथा सम्मान

नासा नेपालद्वारा राखेपका नवनियुक्त उपाध्यक्ष आचार्य सहित सदस्यहरु लाई स्वागत तथा सम्मान

721

काठमाडौ । नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल)ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष सहितका सदस्यहरु लाई स्वागत तथा सम्मान गरेको छ ।

राजधानीको होटल रोयल टयुलिपमा आयोजना एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदमा उपाध्यक्ष ध्रुब आचार्य र बोर्डका सदस्यहरुलाई सम्मान गरिएको हो । स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले परिषद उपाध्यक्ष र सदस्यहरु लाई खादामाला लगाई स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा मन्त्री चौधरीले सन् २०२४ मा स्पेनमा भएको वल्र्ड मोटर स्पोट्र्स प्रतियोगितामा सहभागिता जनाएका खेलाडी एवम् अफिसियलहरु समेतलाई सम्मान गरिएको थियो । सम्मानित हुने खेलाडीहरुमा दिप्रश शाक्य,कृष्ण प्रसाद पौडेल, प्रज्ञा कडेल र अफिसियल हरुमा दशरथ रिसाल,यदुराज लामिछाने र टिकाराम यात्री रहेका थिए ।

सोही कार्यक्रममा नासा नेपालका सचिव एवम् विश्व मोटर स्पोट्र्स प्रतियोगितामा दुई पटक सहभागिता जनाई सकेका खेलाडी दिप्रश शाक्यले आफ्नो र्याली सवारी मोटर नासा नेपाललाई हस्तान्तरण गरेका थिए ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी राखेपका उपाध्यक्ष ध्रुर्व आचार्य राखेपका पुर्व बोर्ड सदस्य गोबिन्द भट्टराई तथा नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले नेपालमा मोटर स्पोट्र्सको बढ्दो महत्व एवम् लोकप्रियता र नासा नेपालको योगदान बारे प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा राखेपका विभिन्न बिभागिय प्रमुखहरु लगायत नेपालका खेलकुद एवम् मोटर स्पोट्र्स क्षेत्रका प्रतिष्ठित ब्यक्तित्व हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको बिचार