काठमाडौ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश दिएका हुन् ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएपछि उनले आफूलाई अभियन्ता दाबी गर्दै कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।
यही विषयमा सूर्यविनायक नगरपालिकाले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।
तपाईको बिचार