धनराजको ‘डिभोर्सी’ पत्नीलाई अमेरिकामा कसको साथ, को हुन् प्रज्ञा न्यौपाने ?

धनराजको ‘डिभोर्सी’ पत्नीलाई अमेरिकामा कसको साथ, को हुन् प्रज्ञा न्यौपाने ?

755

काठमाडौँ । तपाईंलाई थाहै छ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी ठगी प्रकरणमा बसिसुख न उठिसुखको अवस्थामा छन् । उनी पत्नी ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीबाट १३ करोड रुपैयाँ अपचलन गरेर फरार भएपछि सहकारी ठगी प्रकरणमा डामिएका छन् र दुईपटक सिआइबीमा बयान दिन गइसके । पत्नी ज्योतिसँग डिभोर्स भएको भनेर उम्कन खोजिरहेका छन् । उनको पार्टीको सरकार मात्रै नभएको भए रवि लामिछानेजसरी यतिखेर हिरासतमा हुन्थे ।


तर यिनै धनराज सम्बन्धबिच्छेद भएकी पत्नी ज्योतिलाई अमेरिकामा सेटलमेन्टका लागि पटकपटक अमेरिका गएको र अमेरिकामा रहेकी एक महिलाले ज्योति गुरुङलाई काम खोजिदिनेदेखि विभिन्न नेपालीहरुको औपचारिक समारोहसँगै किनमेलका लागि सपिङ मलमा समेत सँगै हुने गरेको तथ्य फेला परेको छ । उसो त साथी ज्योतिलाई सघाउन अहोरात्र खटिएकी उनले नेपाल आएर ज्योतिको परिवारलाई आर्थिक चाँजोपाँजोसमेतको व्यवस्था गरेको पाइएको छ । यसरी अमेरिका र नेपालमा ज्योतिलाई साथ दिने महिला हुन् प्रज्ञा न्यौपाने । प्रज्ञा र ज्योतिबार नेपालमा खासै चर्चा नभए पनि अमेरिकामा भने यो विषय निकै गरम मसला बनिरहेको पाइएको छ ।

को हुन् प्रज्ञा न्यौपाने ?

अमेरिकामै रहेकी प्रज्ञा न्यौपाने ज्योति गुरुङको पुरानो साथी रहेको पाइएको छ । उनी एनआरएनए अभियन्ता रवि सिंह बस्नेतका पत्नी पनि हुन् । अमेरिकामा सफल व्यवसायीका रुपमा बस्नेत स्थापित अनुहार हुन् । बस्नेत पत्नी प्रज्ञा र ज्योति भने नेपालमै काठमाडौँ हुँदादेखिको चिनजानका साथी भएको पाइएको छ । प्रज्ञा काठमाडौँमा पढ्दादेखि नै उनीहरु नजिक रहेको अनुमान छ । प्रज्ञाको माइत मोरङ हो । अमेरिकास्थित रोहनट पार्कमा बस्दै आएका प्रज्ञाको ठेगाना नै अमेरिकामा हुँदा धनराज गुरुङ र ज्योति गुरुङको पनि गन्तव्य बनेको पाइएको छ ।

 

 

ज्योति सानफ्रान्सिस्को हुँदादेखि नै प्रज्ञासँग नजिक रहेर काम गरेको पाइएको छ । नेपालमा मोस्टवान्टेड हुनु अघि नै सहकारीको रकम हिनामिना गरेर फरार ज्योति हङकङबाट अमेरिका जाँदा प्रज्ञाले नै व्यवस्थापन गरेकी थिइन् । प्रज्ञाले चिनजानका नवीन भन्ने नेपालीमार्फत ज्योतिलाई क्यासिनोमा जागिर लगाएकी थिएन् । नेपालमा ज्योति गुरुङबारे अनेक समाचार आउन थालेपछि ज्योति क्यासिनोबाट निकालिएकी थिइन् भने उनको बिजोगमा पनि प्रज्ञा बलियो सारथी बनेर अर्को जागिर खोजिदिएको उभिएकी पात्र हुन् ।

ज्योतिकै सल्लाहमा प्रज्ञा परिचालन

अमेरिकामा व्यवस्थित बसोबास रहेको प्रज्ञा नेपाल आएर ज्योतिको आमासँग भएको रकम तथा सम्पत्ति व्यवस्थापनको काममा लागेको पाइएको छ । उसो त अध्यागनमा खोज्ने हो भने उनको नेपाल आगमन र बसाइ पनि अप्रत्यासित र रहस्यमय नै छ । काठमाडौँमा नातिनी हेर्न बसेकी ज्योतिकी आमा अहिले पोखरा गएकी छिन् । तेस्रोपटक धनराज गुरुङ अमेरिका जाँदा छोरी ज्योतिसँग छाडेर आएपछि आमा धान्ती पोखरा गएकी हुन् ।

प्रज्ञाको नेपालस्थित रियलस्टेट, हाउजिङ, हाइड्रोपावरमा लगानी छ । उनको नेपालका विभिन्न बैंकमा पनि मोटो रकम रहेको अनुमान छ । उसो त उनकी पति बस्नेत र परिवारका सदस्य तथा माइतीपट्टिका सदस्यहरुको नाममा पनि रकम राखिएको अनुमान छ । पछिल्लो समय ज्योति गुरुङलाई सहयोग गरिरहेकी प्रज्ञाबारे पनि सुक्षम अनुसन्धान अघि बढिरहेको पाइएको छ । ज्योतिकै सल्लाहमा नेपाल आएर प्रज्ञाले उनको परिवारलाई मदत गरेर अमेरिका फर्केको पाइएको छ । अमेरिकामा प्रज्ञा र ज्योति अत्यन्त मिल्ने साथी हुन् । विभिन्न विवाह पार्टीदेखि बर्थडे पार्टीमा उनीहरु सँगै हुन्छन् । सपिङमा पनि सँगै भेटिने गरेका छन् ।

धनराजको पछिल्लो अपडेट ?

यता, नेपालमा कागजीरुपमा छोडपत्रको औपचारिकताले मात्रै सहकारी रकम अपचलनबाट उन्मुक्त हुने अवस्था नरहेको छट्पटाइरहेका धनराज गुरुङ भने डिभोर्स भएकी पत्नीलाई अमेरिकामा सेटलमेन्टमा लागेको तथ्य फेला परेको छ । यसका लागि धनराज तीनपटक अमेरिका गएर ज्योतिसँगै छोरी राखेर फर्किएको पाइएको छ । सिआइबीमा बयान दिएका गुरुङले पत्नीसँग सम्बन्धबिच्छेद भएको भने पनि उनको ज्योतिसँग नियमित सम्पर्क भइरहेको छ । कुम्भेश्वरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट १३ करोड रुपैयाँ अपचलन झमेलामा जोडिएका धनराज दम्पतीको सम्बन्धबिच्छेद रकम अपचलनमा पत्नीको मात्रै संलग्नता देखाएर आफ्नो राजनीति जोगाउने कीर्ते काममा केन्द्रित छ । पत्नीले सहकारीबाट कानूनविपरीत ऋण लिएपछि सम्बन्धबिच्छेद गरेको भने पनि धनराजले गत वैशाख र जेठमा रकम तिरेपछि उनीहरुको अहिले पनि उस्तै प्रगाढ सम्बन्ध रहेको देखिएको हो ।

एनआरएनए अमेरिकाको शिकागोको कार्यक्रममा धनराज प्रथमपटक ज्योतिसँग गएका थिए । मन्त्री हुँदा स्वकीय सचिव प्रेम केसी, राजु केसी धनराजका सहयोगी हुन् । धनराजको ज्योतिसँग शुरुमा मोबाइलबाटै कुराकानी भइरहेकामा पछि सासु आमामार्फत र अहिले अन्यमार्फत ज्योतिसँग कुराकानी भइरहेको पाइएको छ । तीनपटक अमेरिका गएका धनराजको बसोबास सानफ्रान्सिस्कोमा हुने गर्छ । उनी र उनको टोली अमेरिका जाँदा काठमाडौँको बालुवाटारमा रहेको जिओल्यान्ड ट्राभल एण्ड टुर्सले टिकट खरिद गरेको पाइएको छ । राजु यो ट्राभल्ससँग पनि जोडिएका छन् । ज्योतिले अमेरिकामा कागजी प्रक्रिया मिलाउन असाइलम निवेदन दिएकी छन् । अरुलाई भने डिभी परेर आएको बताउने गरेकी छन् ।

कसरी डुब्यो रकम ?

मितेरी सहकारीमा ज्योति गुरुङ लेखापाल, कोषाध्यक्ष हुँदै प्रबन्धकसम्म भइन् । अपचलन भएको १३ करोड रुपैयाँमध्ये ७ करोड रुपैयाँ क्रिप्टोमा ज्योति बहादुर भण्डारीमार्फत लगानी भएको र सहकारीका पूर्वकर्मचारी रहेका ज्योति बहादुर र ज्योतिको यो दोस्तीमा ठूलो रकम क्रिप्टोमा फसेपछि ज्योति बहादुरले धोका दिएपछि ज्योति अप्ठेरोमा परेकी हुन् । यसपछि धनराजले कागजीरुपमा ज्योतिसँग सम्बन्धबिच्छेद गरेका हुन् । उसो त क्रिप्टोमा ६–७ करोड रुपैयाँ फसेको भनिए पनि अपचलन भएको अरु रकम विभिन्न तरिकाले नेपाल र अमेरिकामा लगानी भइसकेको पाइएको छ ।

 

तपाईको बिचार