पाटन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले भाषा, संस्कृतिको संरक्षणमा प्रदेश सरकारले जोड दिएको बताएका छन् ।
नेपालभाषा मंकाः खलः यलद्वारा आज यहाँ आयोजित वार्षिक साधारणसभा एवं सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री लामाले भाषा र संस्कृति समाजको पुँजी भएकाले यसको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका हुन् ।
“नेपालको मातृभाषा, संस्कृति संरक्षणका लागि संविधानले धेरै विषय सुनिश्चितता गरेको छ, जातजाति र जनजातिका लागि अवसर सृजना गरेको छ”, उनले भने, “बागमती प्रदेशले पनि भाषा ऐन निर्माण गरी जनजातिको पक्षमा काम गरिरहेको छ ।” उनले कानुन निर्माण भए पनि नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनमा क्रममा जटिलता सृजना भए पनि शुक्रबार मात्रै मन्त्रिपरिषद्को बैठकले सहजीकरण गर्न व्यवस्था गरेको उल्लेख गरे ।
मुख्यमन्त्री लामाले सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार भाषा र संस्कृति जोगाउने काम गर्नेका लागि सम्मान भएको बताए । “नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनका लागि जोड दिइनेछ, मातृभाषाको अस्पस्टताका कारणले गर्दा विगतमा धेरैका नामहरु बिग्रिएको अवस्था थियोे, अब त्यो समस्या समाधान हुन्छ, सरकारी कामकाजमा निर्धक्कका साथ नेपाल भाषा र तामाङ भाषालाई प्रयोग गर्न सकिन्छ, भाषा सिकाउन आवश्यक बजेट विनियोजन गरिएको छ,” उनले भने । त्यसअवसरमा भाषासाहित्यको क्षेत्रमा निरन्तर योगदान गर्दै आएका भाषासेवी तिलकप्रसाद कायस्थलाई रु ५१ हजारसहित सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार प्रदान गरिएको थियो ।
त्यसअवसरमा बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नेपालको भाषा आन्दोलनमा मंकाः खलःको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भाषिक आन्दोलनले भाषा, संस्कृतिको संरक्षणका लागि मात्रै नभई राजनीतिक परिवर्तनका लागिसमेत सहयोग पु¥याएको बताए ।
चित्रकारले सत्यमोहन जोशी, पद्मरत्न तुलाधरलगायतको योगदानले नेपालको भाषिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै भाषिक आन्दोलन पहिचानको आन्दोलन हो भने । उनले भाषा नरहे जाति रहँदैन भन्दै नेपाल भाषा मंकाः खलःलाई बागमती प्रदेश सरकारका लागि नेपालभाषाको स्रोत केन्द्रका रुपमा सहयोग पु¥याउन सक्नेगरी नेपाल भाषा मंकाः खलःलाई विकास गरिर्नेमा जोड दिए।
तपाईको बिचार