काठमाडौ । सिमेन्टको मूल्य तत्काल नबढाउन संघीय संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
समिति बैठकले अस्वाभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै विस्तृत अध्ययन गरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
बजारमा अहिले सिमेन्टको अत्याधिक मात्रामा बढेको जनगुनासो आइरहेको समयमा सार्वजनिक लेखा समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
विभिन्न कम्पनीहरूले उत्पादन गरेका सिमेन्टहरूको मूल्य फरक फरक देखिएकाले एउटै मूल्य निर्धारण गर्ने गरी अघि बढाउने तयारी समेत गरिएको छ ।
तपाईको बिचार