काठमाडौं। एमालेबाट भीम रावल निकालिए लगतै पूर्व उपाध्यक्ष वामदेव गौतम एमाले फर्कने भएका छन् । उनले यो साता प्रधानमन्त्री एवं केपी ओलीसँग छलफल गरेर सहमति निकालेको बताइएको छ। गौतमको घर फिर्तीले रावल बाहिरिँदा भएको क्षतिपूर्ति उठाउने एमालेको योजना रहेको बताइएको छ।
गौतमको नेतृत्वमा बनेको पार्टी एकता अभियान समितिका केही सदस्यहरू माओवादी प्रवेश गर्ने भए पनि अन्य सदस्यहरू पनि एमालेमा फर्कने भएका छन् ।
एमालेले गौतमलाई औपचारिक कार्यक्रम गरेर विधिवत् एमालेमा फिर्ता ल्याउने भएको छ। प्रधानमन्त्री ओली र गौतमबिच यस बिषयमा छलफल भइसकेको छ।
तर सोमबार प्रधानमन्त्री ओली निकै व्यस्त भएकोले र मन्त्रिपरिषद्को बैठक समेत बस्नु पर्ने भएकोले अहिले सम्म औपचारिक कार्यक्रम तय भएको छैन। कुनै पनि बेला एमाले केन्द्रीय कार्यालयबाट फोन आउने भएकोले गौतम त्यसलाई पर्खेर बसेको बताइएको छ।
तपाईको बिचार