योगगुरु रामदेवबिरुद्ध पक्राउपुर्जी जारी

योगगुरु रामदेवबिरुद्ध पक्राउपुर्जी जारी

551

काठमाडौ। योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको भएको छ । भारतका एक अदालतले रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको टेलिग्राफ इन्डियाले जनाएको छ ।

 

रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाईएको छ ।

पालक्कड जिल्ला अदालतले यी दुईविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पतञ्जलिले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै एक चिकित्सकले तीन वर्षअगाडि उजुरी दिएका थिए ।

 

तपाईको बिचार