काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध आज मुद्दा दर्ता हुँदैछ ।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले आज सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरिने जनाएको हो । सरकारी वकिल कार्यालयले हिजो (बिहीबार) नै मुद्दा दर्ताको तयारी गरेपनि समय अभाव भएपछि उक्त मुद्दा दर्ता आज गरिने सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले बताए ।
सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाखभन्दा बढी रकम अपचलन भएको पाइएको छ । त्यसमध्ये १४ करोडभन्दा बढी रकम लामिछाने प्रवन्धक रहेको गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको छ ।
प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदनका आधारमा आज मुद्दा दायर गर्न लागेको हो । लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी तिरेर रिहा भएका छन् ।
तपाईको बिचार