काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने मध्यराती काठमाडौ ‘ईन्ट्री’ भएका छन् ।
सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा हिरासतमा रही जिल्ला अदालत कास्कीमा ६५ लाख धरौटी रकम बुझाएर हिरासत मुक्त भएका लामिछाने हिजो स्थलमार्ग हुँदै काठमाडौ आएका हुन् ।
उनी भोली काठमाडौ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । हिरासतमा ८४ दिन बिताएका उनी सहितलाई ३९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते सोसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेश गरिसकेको छ । रवि सोही मुद्दाको क्रममा अदालतमा हाजिर हुने भएका हुन् ।
तपाईको बिचार