काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले सहकारी पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिइएको समयमा लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने भन्दै बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
न्यायाधीश नीतिज राईको इजलासमा उनले भने- ‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।’
नेपालमा भएका राजनीतिक दलमध्ये आफ्नो पार्टी रास्वपा जिम्मेवार पार्टी भएको उल्लेख गर्दै उनले अदालतमा हाजिर हुन आउँदा हरेक पल्ट रिपोर्ट लिएर आउने बताए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दामा यही पुस १६ गतेदेखि सात जना प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको थियो । आज बिहीबार सबै प्रतिवादी तथा सहकारी पीडित र सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । यो यसँगै यस मुद्दाको आजै आदेश आउने सम्भावना रहेको छ ।
तपाईको बिचार