अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जाेड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जाेड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

603

तनहुँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालकाे अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जाेड दिनुपर्ने बताउनुभएकाे छ । बिहिबार तनहुँ महाेत्सवमा सम्बाेधन गर्नुहुँदै उहाँले कृषककाे भलाई र देशकाे आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जाेड दिनुभयाे ।

तनहुँ जिल्लाकाे राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र उर्जाकाे क्षेत्रमापनि महत्वपूर्ण भूमिका रहेका सिंहले बताउनुभयाे । `नेपालकाे अर्थतन्त्रलाई अगाडि बढाउन हामीले उर्जालाई व्यवस्थित गर्नुपरेकाे छ । कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जाेड दिनुपर्छ भन्नेमा दुइमत छ‌ैन,´ उहाँले भन्नुभयाे । काेभिडले नेपालकाे अर्थतन्त्रमा असर पारेपनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएकाे र त्यसले राेजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण याेगदान पुर्याएकाे सिंहले बताउनुभयाे ।

त्यस्तै उहाँले महाेत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनकाे बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारकाे प्राथिमकता नागरिककाे जिविका सहज बनाउनु रहेकाे भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रकाे विकासमा विशेष ध्यान दिइरहेकाे बताउनुभयाे । महाेत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक नेपाली समाजकाे चित्र प्रस्तुत गरेकाे भन्दै उहाँले कलासँस्कृतिकाे संरक्षण र प्रवर्द्धनका लागि पनि महाेत्सव हुनु सकारात्मक रहेकाे धारणा राख्नुयाे ।

तपाईको बिचार