‘सबै राजनीतिक दल एउटै हुन्’ भन्ने भाष्य अनुचित- उपमहासचिव भट्टराई

‘सबै राजनीतिक दल एउटै हुन्’ भन्ने भाष्य अनुचित- उपमहासचिव भट्टराई

583

काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी )  का उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले  ‘सबै  राजनीतिक दल एउटै हुन्’ भन्ने भाष्य चिर्नका निम्ति राजनीतिक जागरण अभियान चलाउनुपर्ने बताएका छन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को चौथो वार्षिकोत्सवमा बोल्दै उपमहासचिव भट्टराईले उक्त अभियान नेकपा ( एकीकृत समाजावादी ) ले प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

उपमहासचिव भट्टराईले आम नेता कार्यकर्ता पङ्क्तिलाई पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उनले भने , ‘हाम्रा नेताहरू पार्टी निर्माण गर्न तिर लाग्नु भएन। महाधिवेशन पछि हाम्रो जाँगर कम किन भयो ? ढिलो कार्यविभाजन गर्दा ठिक भएको छ। चौमासिक प्रगति हेरेर वर्तमान जिम्मेवारी हेरफेर गर्ने भनिएको छ। यसका आधारमा काम गर्नका निम्ति पनि म अनुरोध गर्दछु।’  

उनले पार्टीको नीति, विचार, सिद्धान्त र समाजवादी कार्यक्रम अघि सारिएको भन्दै , ‘स्पीडका साथ एकीकृत समाजवादी अघि बढ्नुपर्छ। एमाले र कांग्रेसले संविधान संशोधन गर्ने भनिरहेका छन्।

अर्कातर्फ सरकार कुलमानलाई निकाल्न खोज्दैछ। सरकार आफ्नालाई जोगाउने काममा व्यस्त छ। ठेक्का पट्टामा कसरी कमिसन खाने भन्नेमा सरकार छ।’ यस्ता अनियमितता सुशासन र पारदर्शिताका सबालमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । 

तपाईको बिचार