काभ्रेपलान्चोक । जिल्ला स्थित स्थानीय तहहरु, संघीय र प्रादेशिक सरकारी,कार्यालयहरुको आर्थिक बर्ष २०८०/८१ र चालू आर्थिक बर्ष २०८१/ ८२ को हालसम्मको बार्षिक प्रगती समीक्षा विवरण सार्वजनिक गरिएको छ। आज पनौती नगरपालिकाको व्यबस्थापनमा जिल्ला समन्वय समिति काभ्रेले कार्यक्रम आयोजना गरे हो ।
जिल्लाका १३ स्थानीय तह, संघ र प्रदेशका ७८ वटा विभिन्न इकाई कार्यालयहरुको आर्थिक बर्ष र हालसम्मको,आर्थिक सुशासन, लिजा र एफआरए प्रगती कार्यालयले बुझाएको प्रतिवेदनको आधारमा विवरण प्रस्तुत गरिएको हो । सो समीक्षामा पालिका र कार्यालयको सबै रिपोर्टहरुलाई श्रब्य , दृष्य ९भिडियो० मार्फत प्रस्तुत गरिएको थियो ।
स्थानीय तहहरुमा धुलिखेल र बनेपाले सरकारी मूल्यांकन पूरा गरेको र सरकारी कार्यालय मध्य कोष तथा लेखा नियन्त्रण कार्यालयले सन्तोषजनक प्रगति गरेको तथ्यङकले देखाएको छ । लिजा र एफआरएको मुल्यांकनमा पहिलो हुने नगरपालिका धुलिखेल नगरपालिका हो । गाउँपालिकामा पहिलो हुने वेथानचोक गाउँ पालिकाले ८२ प्रतिशत मुल्यांकन पूरा गरेको छ।
पहिलोपटक श्रब्य, दृश्यमार्फत सार्वजनिक गरिएको प्रगति विवरण प्रस्तुत हुनु अगाडि कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले पालिका र कार्यालयहरुले राम्रोसँग विवरण नपठाएकोमा असन्तुष्टि ब्यक्त गर्नुभयो । उहाँले कतिपय कार्यालयहरुले विवरणहरु नपठाउँदा सम्पूर्ण विषय समेट्न नसकेकाले पुस मसान्तसम्मको विवरण उपलब्ध गराउन भनेको छ।
जिल्ला समन्वय समितिले प्रत्येक तीनर तीन महिनामा प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाउनु पर्ने प्राब्धान छ। त्यसको आधारमा प्रदेशले मूल्यांकन निर्धारण गर्ने ब्यवस्था रहेको छ।
तपाईको बिचार