काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । गत आइतवार देखी सुरू भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि बैठक जारी रहेको हो ।
बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ । आजका बैठकमा बोल्न बाँकी रहेकन १०० जना केन्द्रिय सदस्यले धारणा राख्दैछन्। हिजो ८० जनाले धारणा राखेका थिए।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्, जसमा प्रत्येक केन्द्रिय सदस्यहरूलाइ बोल्न ३-३ मिनेटको समय निर्धारण गरिएको छ ।
प्रचण्डले युद्दकालमा र संबिधान जारी अघि उठाएको ‘आत्मनिर्णयको अधिकार र जातीय पहिचानको मुद्दा’ ब्युत्याएर जानु पर्ने पुनः तर्क गरेका छन । गत स्थानिय तहको उपनिर्वाचनवाट उत्साही भएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन एक्लै होमिने, सत्य निरूपण मेलमिलाप आयोगमा सत्तारूढ दल नेकपा एमालेले असहयोग गरेको, आफ्नो तेस्रो कार्याकालमा भ्रष्टचार बिरूद्द र सुशाषनको पक्षमा उभिँदा जनता र पार्टी कार्यकर्तामा उत्साह छाएको जस्तो बिषय समेटेर प्रतिबेदन पेश गरेका छन् ।
जसमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठकमा उपराष्ट्रपति नन्दकिशाेर पुनलाइ पुनः पार्टीमा फर्काउने तयारीका बारेमा भने बिराेध गरिएकाे छ ।
तपाईको बिचार