काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै आइतबार कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।
कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् । कार्यदलले सातै प्रदेशमा छलफल गर्ने रास्वपाले जनाएको छ ।
तपाईको बिचार