कीर्तिमानी पर्वतारोही शेर्पालाई विमानस्थलमा भव्य स्वागत

कीर्तिमानी पर्वतारोही शेर्पालाई विमानस्थलमा भव्य स्वागत

565

काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरि स्वदेश फर्किएका कीर्तिमानी पर्वतारोही शेर्पालाई शुक्रबार त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो ।

शेर्पाले सातवटै महादेशका उच्च शिखर आरोहण समेत गरेका छन् । स्वदेश आएपछि उनले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महशुस भएको बताए ।

उनले हिमाल आरोहणसम्बन्धी विश्वका पुरस्कारहरु नेपालमा भित्राउन पाए थप खुसी महशुस हुने उल्लेख गरे । त्रिभुवन बिमानस्थलमा स्वागत गरेपनि शेर्पालाई नगर परिक्रमा गराइएको थियो ।

 

तपाईको बिचार

सम्बन्धित खबर