सीता ओझा
चीनको अन्तरदेशीय सहयोग कार्यक्रमहरू मध्ये सबैभन्दा प्रतिष्ठित र प्रभावशाली कार्यक्रम “बेल्ट एण्ड रोड इनिसिएटिभ” (BRI), हो । यो कार्यक्रमलाई “एक क्षेत्र, एक मार्ग” (One Belt, One Road/OBOR) पनि भनिन्छ। यो कार्यक्रमको मुख्य उद्देश्य र प्रभावहरू यस्ता देखिन्छन् ।
उद्देश्य:
कनेक्टिभिटी बढाउने : चीनले यो कार्यक्रम मार्फत एसियाली देश,यूरोप, अफ्रिका र मध्य पूर्वलाई भूमि र समुद्री मार्गहरू मार्फत जोड्ने लक्ष्य राखेको देखिन्छ।
आर्थिक विकास : व्यापार,लगानी र बुनियादी ढाँचा विकासका माध्यमबाट सहभागी देशहरूको आर्थिक विकासमा सहयोग गर्नु यसको आर्थिक विकासको अवधारणा हो।
राजनीतिक सम्बन्ध : यो कार्यक्रम मार्फत चीनले राजनीतिक प्रभाव विस्तार र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धहरू बलियो बनाउने पनि रहेको देखिन्छ ।
प्रभाव:
आर्थिक प्रभावभित्र लगानी र व्यापार: चीनले यो परियोजनाको माध्यमबाट विभिन्न देशमा ठूलो लगानी गर्ने,व्यापारको विस्तार र रोजगारी सिर्जना गर्ने योजना हो । जस्तै :- केन्यामा मोम्बासा-नैरोबी रेलमार्ग निर्माण।
ऋण र ऋणकोजाल: कतिपय देशहरूले चीनबाट ऋण लिएर विकास परियोजनाहरू सञ्चालन गरेका छन्, जसले गर्दा ऋणको बोझ बढेको छ। यसलाई “ऋणजाल कूटनीति” को रूपमा पनि हेरिन्छ। यो ऋणजालको विषय नै अहिले कार्यक्रम लागू गर्न देशका लागि समस्या जस्तो बनेको छ।
राजनीतिक र सामरिक प्रभाव:
नरम शक्ति : चीनले BRI मार्फत आफ्नो आर्थिकसामाजिक, सांस्कृतिक र राजनीतिक प्रभाव बढाइरहेको छ ।जसले उसको अन्तर्राष्ट्रिय छवि सुधार गर्न सहयोग पुर्याएको छ।
भूराजनीतिक प्रभाव : BRI को कार्यान्वयनले क्षेत्रीय र स्थानीय राजनीतिमा पनि प्रभाव पारेको छ, जसले कतिपय देशहरूमा आन्तरिक राजनीतिक संकटहरू निम्त्याउन सक्छ। यो अनुदान कार्यक्रम होइन,तिर्नुपर्ने त्यो पनि व्याज सहितको ऋण कार्यक्रम हो भनेर बुझेर मात्रै प्रवेश गर्नुपर्ने देखिन्छ ।
ऋण र ऋणजाल: कतिपय देशहरूले चीनबाट ऋण लिएर विकास परियोजनाहरू सञ्चालन गर्दा ऋणको बोझ बढेको छ। यसलाई “ऋणजाल कूटनीति” को रूपमा पनि हेरिएको भेटियो ।
राजनीतिक र सामरिक प्रभाव:
यो मार्फत उसको अन्तर्राष्ट्रिय छवि सुधार गर्न सहयोग पुर्याएको छ पनि भनिने गरेको छ।
अर्को, चिनले गरिआएका कामप्रतिको ज्ञान,सिपसँग जोडिएको जनशक्ति,कामप्रतिको लगाव,कार्यक्रमप्रतिको समर्पण भाव,प्राविधिक जनशक्तिको द्रुतताले परियोजनाहरु चाँडै सम्पन्न हुने कुरा पनि चर्चामा देखिन्छ । कुनै पनि राष्ट्रले सहयोगको नाममा दिने अनुदान र राजनीतिक खुला हस्तक्षेप भन्दा लगानीमा न्यून व्याज र चाडो प्रशासनिक सेवासँग जोडिएको कार्यले मुलुक स्वाधीनतातिर जान सक्छ कि भन्ने चिन्तन र चर्चा पनि चीनिया अन्तरदेशीय सहयोग कार्यक्रममा जोडिएको देखिन्छ ।
चीनको अन्तरदेशीय सहयोगले दक्षिण एसियाली देशहरूलाई विभिन्न फाइदा र बेफाइदाहरू प्रदान गर्न सक्छ। यहाँ ती केही प्रमुख पक्षहरू चर्चा खोजिएको छ।
फाइदाहरू:
आर्थिक विकास: चीनले दक्षिण एसियामा ठूलो लगानी गरेको कारण पूर्वाधार विकास, रोजगारी सृजना र आर्थिक वृद्धिलाई प्रोत्साहित गर्छ भन्ने कुरा “वेल्ट अर्थतन्त्रमा चीनको प्रभाव” मार्फतका लेखहरूमा उल्लेख गरेको भेटिन्छ।
प्रविधि हस्तान्तरण: चीनको सहयोगले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको प्रगतिलाई सहयोगको रुपमा प्राप्त गर्न सकिन्छ । जसले स्थानीय उद्योगहरूलाई आधुनिक बनाउन मद्दत गर्छ।
क्षेत्रीय सम्पर्क: चीनको “बेल्ट एण्ड रोड इनिसिएटिभ” (BRI) ले दक्षिण एसियाली देशहरूबीच,चीनसँगको सम्पर्क बढाउन मद्दत गर्ने देखिन्छ ।यसले व्यापार र पर्यटन पनि बढाउँछ।
राजनीतिक सम्बन्ध: चीनसँगको राम्रो सम्बन्धले कूटनीतिक सहयोग र अन्तर्राष्ट्रिय मञ्चमा समर्थन प्राप्त गर्न सक्ने देखिन्छ ।
बेफाइदाहरू:
ऋणको भार: चीनको सहयोग अक्सर ऋणमा आधारित हुन्छ, यसले यो कार्यक्रम लागू गर्ने देशलाई ऋणको बोझमा पर्न सक्छ। “वैदेशिक सहायताका समस्या र अन्तर्राष्ट्रिय सहयोग”मा यस्तो ऋणको नकारात्मक प्रभावबारे उल्लेख गरिएको भेटिन्छ ।
राजनीतिक हस्तक्षेप: केही मानिसहरूले चीनको सहयोगलाई उसको राजनीतिक स्वार्थको उपकरणको रूपमा हेर्ने गरेकाछन्।सर्वभौमसत्ता र आन्तरिक नीतिमा हस्तक्षेप गर्न सक्छ पनि भन्ने गरेको पाइन्छ । “चीनको हस्तक्षेप, निर्देशन र दबाब” शीर्षकको लेखमा यो चिन्ताहरू उल्लेख गरिएको छ।
आर्थिक निर्भरता: चीनमाथि आर्थिक रूपमा बढी निर्भर हुनुले स्वतन्त्र आर्थिक नीति निर्माणमा कठिनाइ उत्पन्न गराउन सक्छ।
वातावरणीय चासो: चीनको पूर्वाधार परियोजनाहरूले वातावरणीय क्षति पुर्याउन सक्छ/पुर्याउँछ। यसले दीर्घकालीन वातावरणीय समस्याहरू निम्त्याउन सक्छ।
स्थानीय उद्योगहरूको प्रतिस्पर्धा: चीनबाट आउने सस्तो उत्पादनहरूले स्थानीय उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सक्छ । स्थानीय उद्योगहरु लोप हुनसक्छन् ।स्थानीय व्यवसायहरूलाई प्रतिस्पर्धा मात्रै होइन टिक्न सक्ने र नसक्ने भन्ने चुनौती सृजना हुनसक्छ ।
समग्रमा, चीनको अन्तरदेशीय सहयोगले दक्षिण एसियामा धेरै सम्भावनाहरू खोल्छ । साथै यसले केही जटिल चुनौतीहरू पनि ल्याउँछ।उनीहरूको रणनीतिक दृष्टिकोण र व्यवस्थापन क्षमतामा यी अवसरहरूलाई उपयोग गर्ने,सुदृढ राजनीतिक नेतृत्वको विकासप्रतिको इच्छाशक्ति,वैदेशिक लगानी, लगानीप्रतिको दृष्टिकोण र आन्तरिक क्षमता, परराष्ट नीतिको मापदण्ड, चुनौतीहरूलाई सम्बोधन गर्ने क्षमता सहितको राजनीतिक नेतृत्व हुने र नहुने कुरासँग चीनको अन्तरदेशीय सहयोग कार्यक्रमको सफलता र असफलता निर्भर रहेछ भन्नू पर्ने देखिन्छ ।
सुझावको लागि – [email protected]
तपाईको बिचार