राजेन्द्र कुँवर
नेकपा (एमाले)को केन्द्रिय सचिवालयको पौष १० गते बसेको बैठकले पार्टी सङ्गठित सदस्य बाट निष्कासन गरे पछि पौष १७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा स्पष्ट राखे पनि नयाँ पार्टी खोलेर अगाडि बढ्ने काममा अलमल देखिएका छन डाक्टर भीमबहादुर रावल ।
पार्टी बाट निष्कासन गरेको दिन देखि डाक्टर भीमबहादुर रावलको अबको बाटो कता तिर भनेर राष्ट्रिय राजनीतिमा बहस सुरु हुनका साथै उनका समर्थक शुभचिन्तक र सरोकारवालाले निकै चासोका साथ हेरिरहेका थिए ।
पत्रकार सम्मेलनमा वकिल ,प्राध्यापक ,डाक्टर ,मानव अधिकारकर्मी र युवा विद्यार्थीको निकै बाक्लो उपस्थितिका बिचमा आफ्नो ३१ पृष्ठ लामो दस्तावेजमा वर्तमान राष्ट्रिय राजनीति ,आफुलाइ सोधिएको स्पष्टीकरण , र पार्टी सदस्य बाट निष्कासन लगायतका विभिन्न विषयमा आफ्नो धारणा सुस्पष्ट राखे पनि अबको बाटोको बारेमा ठोस योजना सहित नयाँ पार्टी निर्माण वा अर्को कुनै पार्टीमा प्रवेशका बारेमा अलमल देखिएको सहभागी बुद्धिजीवीहरूले टिप्पणी गरेका छन ।
डाक्टर भीमबहादुर रावलले नेकपाको विभाजनको मुख्य जिम्मेवार वली रहेको बताउँदै आएका छन । त्यस पछि बनेको नेकपा एमाले ,त्यसै क्रममा आयोजना गरेको विधान महाधिवेशन बाट पारित गरेका दस्तावेजलाई लत्याउदै आयोजना गरेको दशौँ महाधिवेशन बाट यता एमालेको नाममा ओलीले गरेका सबै कर्तुतका बारेमा लिपिबद्ध गरेर ७४ बुँदा सार्वजनिक गरेका छन ।
डाक्टर भीमबहादुर रावलले देशी विदेशी शक्ति केन्द्रको इसारामा नेपालको कम्युनिष्ट आन्दोलनलाई तहस नहस पारेर आफ्नो स्वेच्छाचारी कदम एक पछि अर्को गरेर अघि बढ्ने गरेको विषयवस्तुलाई जोडदारका साथ राखेका छन ।
राष्ट्र राष्ट्रियता ,जनजिबिका नेपालको अर्थतन्त्र राष्ट्रिय राजनीतिमा देखिएको निराशा ,राजनीतिमा देखिएको ब्यपारिकरणका बारेमा डाक्टर भीमबहादुर रावलको बिचार बाट प्रभावित भएका धेरै जसो सहभागी बुद्धिजीवीले तत्काल देशभक्तिपूर्ण आन्दोलनको अगुवाइ गरेर अगाडि बढ्न रावललाई सुझाव दिएका छन ।
डाक्टर भीमबहादुर रावलले मातृभूमि जागरण अभियानको आवश्यकता महसुस गरेर देशभरका धेरै जस्तो जिल्लामा आफैं पुगेर अन्तरक्रिया ,छलफल र बहस गरेर नयाँ कदम अगाडि बढाउने आफ्नो कार्ययोजना भएको उद्घोष गरेका छन ।
नेपाली मातृभूमिलाई माया गर्ने देश विदेशमा रहेका शक्ति लाई सङ्गठित गर्दै राष्ट्रवादी आन्दोलनलाई नयाँ उचाइ बाट अगाडि बढाउने योजना बनाएका डाक्टर भीमबहादुर रावलले वर्तमान राजनीतिमा देखिएको निराशालाई चिर्दै सबैखाले बिकृती बिसंगतिको अन्त्य गरेर अध्यारो बाट उज्यालो खोजेर नयाँ तथा बैकल्पिक राजनीति शक्तिको निर्माण गर्ने घोषणा गरेका छन ।
जिम्मेवारी र भुमिका बिहिन भएर नेकपा एमाले रहेका डाक्टर रावलको शक्तिलाई कम्जोर पारेर एक्लै पार्टी बाट निकाल्ने ओलिको योजना अनुसार सफल भएको राजनीति बिश्लेशक बताउँदै आएका छन । फेरि पनि रावलले अबको नयाँ बाटोको बारेमा योजना सहित अगाडि बढ्न ढिलो गरेमा थप क्षती हुने उनको सुझाव दिएका छन ।
तपाईको बिचार