सुरक्षाका लागि इजरायली प्रधानमन्त्रीलाइ राखियो भुमिगत सेल्टरमा

सुरक्षाका लागि इजरायली प्रधानमन्त्रीलाइ राखियो भुमिगत सेल्टरमा

553

तेल अहिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाइ भुमीगत युनिटमा राखिएको छ ।  गत आइतबार प्रोस्टेटको शल्यक्रिया गरे पछि उनलाइ अस्पतालको भुमिगत सेल्टरमा राखिएको हो ।

हाल अस्पतालमा भर्ना भएका नेतान्याहुको शरीरबाट प्रोस्टेट निकालिएको थियो । जेरुसेलमको हदासाह मेडिकल सेन्टरका युरोलोजी विभागका प्रमुख डा ओफर गोफ्रिटले शल्यक्रिया सफल भएको बताएका छन् ।

७५ वर्षीय नेतान्याहु विगत केही वर्षदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । नेतान्याहुले यसै महिना एउटा मुद्दाको सुनुवाइका क्रममा आफू चुरोटका साथमा १८ घण्टा काम गरिरहेको बताएका थिए । उनले प्रधानमन्त्री बनेको १७ वर्ष पूरा गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहुको शल्यक्रिया यस्तो समयमा भइरहेको छ, जब उनी विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ अदालतमा चलिरहेको छ भने अर्कोतर्फ गाजा युद्ध र हुथी विद्रोहीको चुनौती सामना गरिरहेका छन्।

नेतन्याहुलाई शल्यक्रियापछि निको हुनको लागि भूमिगत युनिटमा राखिएको छ । इजरायली मिडियाका अनुसार मिसाइल आक्रमणले पनि यस भूमिगत इकाईलाई असर गर्न सक्दैन । यो जानकारी नेतान्याहुको कार्यालयले दिएको हो । शल्यक्रिया गर्दा पनि पूर्ण सावधानी अपनाइएको कार्यालयले जनाएको छ ।  शल्यक्रिया पछि नेतान्याहुले चिकित्सकहरुलाई धन्यवाद दिएका छन् ।

शल्यक्रियाका बेला नेतान्याहु अस्पतालमा रहे पछि  न्यायमन्त्री यारिभ लेभिनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन ।

गत वर्ष नेतान्याहुलाई मुटु रोग भएको पत्ता लागेको थियो, त्यसपछि उनलाई पेसमेकर लगाइएको थियो । यो वर्ष उनको हर्नियाको शल्यक्रिया पनि भएको थियो । नेतान्याहु एक ऊर्जावान नेताको रूपमा आफ्नो छवि कायम राख्न प्रयास गरिरहने इजरायली मिडियाले लेखेका छन ।उता, अस्पतालमा अप्रेसन गर्नु पर्ने भए पछि उनी माथीको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित गरिएको छ । नेतन्याहु विरुद्धको भ्रष्टाचार मुद्दामा चलिरहेको सुनुवाइ आइतबार स्थगित भएको हो ।

नेतान्याहुका वकिलले जेरुसेलम जिल्ला अदालतलाई उनको शल्यक्रियाको कारण सुनुवाइ स्थगित गर्न आग्रह गरेका थिए। अदालतले वकिलको निवेदनमा सुनुवाई स्थगित गरेको जनाइएको छ ।  अब यो मुद्दाको सुनुवाइ ६ जनवरीमा हुनेछ । नेतान्याहुले यस मुद्दामा अदालतमा आफै उपस्थित भएर बयान दिनुपर्ने हुन्छ । यसअघि पनि उनी १० र १८ डिसेम्बरमा अदालतमा पुगेर बयान दिएका थिए ।

तपाईको बिचार