एकीकृत समाजवादी  बाराको ११ औं पूर्ण बैठक सम्पन्न

एकीकृत समाजवादी  बाराको ११ औं पूर्ण बैठक सम्पन्न

571

बारा । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )  जिल्ला कमिटी बाराको ११ औं पूर्ण बैठक सम्पन्न भएको छ ।  पार्टीका जिल्ला अध्यक्ष  बिजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा कलैयामा सम्पन्न बैठकले पार्टीको १० औं  जिल्ला अधिवेशन फागुन महिनामा सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले यही पुस २९ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला गर्ने जसको प्रमुख अतिथि पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लाई निमन्त्रणा गर्ने समेत निर्णय गरेको छ ।

यस्तै पालिका र वडा कमिटीहरूको कमिटी गठन पुन गठन र अधिवेशन समेत गर्ने निर्णय गरेको छ ।  बैठक प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य तथा बारा ईञ्चार्ज  दिनेश कुमार राई, अतिथिमा पार्टी केन्द्रीय सदस्यहरू विभा कार्की,  हिमाल खरेल,  मालती कुशवाहा, केन्द्रीय सल्लाहकार परिषद सदस्य  श्रीप्रसाद पासवान, केन्द्रीय लेखा आयोग सदस्य सुरेन्द्र यादव, मधेस प्रदेश सचिवालय सदस्य तथा संविधान सभा सदस्य  रामचन्द्र प्यासी, सदस्यहरू मानध्वज लामा, अशेश्वर कुर्मी लगायतका नेताहरू सहभागी थिए । 

तपाईको बिचार