काठमाडौ । नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भूषालले खरिद ऐन र मजदुर कानुन खारेज गर्न माग गरेका छन् । शनिबार नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन केन्द्रीय कमिटीले काठमाडौमा गरेको एक कार्यक्रममा सम्बोधन गर्दै भूषालले खरिद ऐन खारेजीको माग गरेका हुन् ।
श्रम ऐन अन्तर्गत बनेको कानुनले मजदुरलाई अन्याय पारेको तथ्यलाई स्विकार गर्दै महासचिव भूषालले आउटसोर्ससँग बाझिने कानुन खारेजीको पक्षमा नेकपा एकीकृत समाजवादीले पहल गर्ने बताए ।
मजदुरहरुको मुद्दा उत्पदन, रोजगार,निर्यात र विकाससँग जोडिने हुनाले यो समग्रमा राष्ट्रिय मुद्दा भएको उनको धारणा थियो । उनले भने वास्तवमा ७४ को संविधानले राज्य निर्माण गर्न सकेन,राज्यले उचित नेतृत्व पाएन ,राम्रोसँग नेतृत्व गर्न नसक्ने कमजोर सरकारले श्रमिकको पक्षमा अभिभावकत्व ग्रहण गर्न सकेको छैन् । अहिलेको नेतृत्वले बिचौलिया,भ्रष्ट र दलाल पुँजिपतिको मात्र संरक्षण गरेको उनको आरोप छ।
देशमा राष्ट्रिय पुँजिपतीलाई स्थापित गराउन नसक्दा श्रमिक मर्कामा परिरहने र रोजगार,उत्पादन र निर्यातमा समस्या सिर्जना हुने गरेको छ। राष्ट्रिय पुँजिपती उत्पादन गर्ने र रोजगारी दिने समूह हुन् , तिनले कमाएको नाफाले देश चल्छ। तर दलाल पुँजिपती र बिचौलीयाले राजस्व पनि नतिर्ने खराब प्रवृतिले प्रसय पाएकोमा चिन्ता ब्यक्त गरे ।
महासचिव भूषालले नेपालमा गणतन्त्रपछि सामाजिक तथा संस्कृति लफङगाहरुको नेतृत्व मौलाएको र उनिहरुले नै कार्य विभाजन गरी एकलौटी गराउनुका साथै राज्यले श्रमिकको माग पूरा गर्ने सहयोग नगरेको प्रष्ट पारे ।
हाल सडकमा उठेका जनआवाजलाई संविधानले परिकल्पना नगरेको भन्दै नेतृत्व वा सरकारले समग्र विषय माथिको तथ्यलाई पूरा गर्न नसक्दा विकराल समस्या भएको उनको तर्क थियो ।गणतन्त्रका मुल नेतृत्वले आफ्नो अस्थित्व गुमाएकाले,अब नागरिकले जिम्मेवार र सचेत बन्नु पर्ने बेला आएको छ । भूषालले भने ।
एमालेबाट निकालिएका नेता भिम रावलको चिन्ता गर्दै भूषालले दास मानसिकता र प्रश्न गर्ने विरुद्ध जाइलाग्ने नेतृत्वको सिकार भिम रावलले बन्नु परेकोमा दुख ब्यक्त गरे । पार्टिमा भजन गाउने र गुटलाई बलियो बनाउनेको व्यबस्थापन मात्र गरेका छन्,तसर्थ उनिहरु स्खलित हुँदै गएका छन् । हरेक पार्टीमा दोस्रो पुस्ताका नेता कार्यकर्ताले बचेर हिड्न गारो भएको यथार्थलाई सार्वजनिक गर्दै ,उहाँले भिम रावललाई एकीकृत समाजवादीमा आउन अनुरोध पनि गरे ।
तपाईको बिचार