काठमाण्डौं । पशुपति क्षेत्र विकास कोषका ३७ जना श्रमिकहरूको पक्षमा श्रम अदालत भक्तपुरले दोस्रो पटक स्टे अडर जारी गर्दा समेत कर्मचारीहरूको काम पुनर्वाहलि भएको छैन ।
कोषका सदस्य सचिव मिलन थापा र कार्यकारी प्रमुख सुवास चन्द्र जोशीले श्रम अदालतको आदेशको अवज्ञा गर्दै उनीहरूलाई काममा नफर्काएपछि १२ दिन देखि ३७ जना श्रमिकहरू नियमित धर्नामा बसेका छन् ।
कोषले गैरकानुनी ढंगबाट सरसफाइमा कार्यरत श्रमिकलाई काममा रोक लगाएको विषयमा श्रम अदालत भक्तपुरले काममा लगाउन दिएको आदेश समेतलाई बेवास्ता गरि श्रमिकलाई हाजिर गर्न रोक लगाएपछि उनीहरु धर्नामा बसेका हुन् ।
उनीहरु कोषमा काम गर्न नदिएकाले पशुपति क्षेत्र विकास कोषमा अदालतको आदेश कार्यान्वयन गरि हाजिर लगाई काममा लगाउन भन्दै उनीहरु धर्नामा बसेका हुन् ।
श्रमिकको आन्दोलनलाई ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादी का स्थायी कमिटी सदस्य डाक्टर विजय पौडेल धर्ना स्थलमा पुगी श्रमिकहरूका समस्याहरूको सुनुवाइ गरेका थिए ।
अदालतले दोस्रो पटक जारी गरेको अन्तरिम आदेश समेत नमान्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी प्रमुख र सदस्य सचिव को हुन् भन्दै श्रमिक क्षेत्रका सरोकारवालाहरूले प्रश्न उठाउन थालेका छन ।
यस विषयमा राजधानी प्रेसले बुझ्न कोषका कार्यकारी प्रमुख जोशीलाई ९८५११९९३०४ मा पटक पटक सम्पर्क गर्दा समेत फोन नउठेको र सदस्य सचिव थापाको ९८५१२४२८०८ स्विच अफ रहेको थियो ।
तपाईको बिचार