काठमाडौं । नेपाली बजारमा आज ९बिहीबार० सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
तपाईको बिचार