वीरगंज । पर्साकाे बहुदरमाइ नगरपालिका कार्यालयमा शुक्रबार आगजनी गरेकाे आराेपमा एक दर्जन बढी पक्राउ परेका छन् । नगरपालिका कार्यालयमा आगजनी गर्ने समूहलाई प्रहरीले खाेजी जारी राखेकाे छ ।
पर्सा प्रहरीले बिहीबार पढाइ ठप्प पार्ने शिक्षक र नगरपालिकामा तालाबन्दी गर्ने तथा शुक्रबार आगजनी गर्ने विद्यार्थी समूह र उनीहरुलाई उक्साउने नेता कार्यकर्ताकाे फाेन डिटेल खाेजेर पक्राउ अभियान चलाएकाे हाे ।
यस्तै, प्रहरीले नगरपालिकाकाे सबै काेठा ताेडफाेड हुँदा पनि प्रमुख प्रशासकीय अधिकृत माेहम्मद शेरे मुस्तफाकाे काेठा सुरक्षित रहेकाे पाइएपछि उनीमाथि पनि सूक्ष्म अनुसन्धान जारी राखेकाे छ ।
तपाईको बिचार