काठमाडौं । काठमाडौंमा नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स एम एस.एस, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा लि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा लिको संयोजकत्वमा यहि पौष ५ देखि ७ गतेसम्म भृकुटीमण्डप प्रर्दशीनी हुने भएको हो ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहने आयोजकले जनाएको छ । नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनीका तीन विशेषताहरू रहेका छन् । प्रदर्शनी, सम्मेलन र साझेदारी रहेका छन ।
यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएको छ ।
प्रदर्शनीमा विभिन्न देशका कम्पनि र ब्राण्डसहित बिजिनेस लिडर, डाक्टर, वैज्ञानिक, रोग विशेषज्ञ, अनुसन्धानकर्ता, सरकारी अधिकारी, नीति निर्माता र उद्योग पेशेवरहरुको सहभागिता रहनेछ ।
तपाईको बिचार