गणित र गणितको प्रयोग अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौँमा सम्पन्न

गणित र गणितको प्रयोग अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौँमा सम्पन्न

1503

काठमाण्डौं गणित र गणितको प्रयोग शीर्षकमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । नेपाल गणित समाजले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि   त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. केदार रिजाल रहेका थिए ।  सम्मेलनमा गणित विषयसँग रुचिराख्ने १५ भन्दा बढी देशका वैज्ञानिकहरुको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल बंगालादे भारत,चाईना अमेरीका युनाईटेड किंगम, इटलि ,पोल्याण्ड जर्मनी ,नाइजेरीया फिलिपिन्स ,अल्जेरिया वेष्ट अफिका पोर्चुगल साउथ कोरिया  लगायतका देशका वैज्ञानिकहरुको सहभागीता तथा अनुसन्धान आकृतिहरूको प्रस्तुतीकरण रहेको थियो।

प्रस्तुतीकरणको मूल्याङ्कनमा अमृत क्याम्पसका उप प्राध्यापक केदारनाथ छ्त्कुल्लीको प्रस्तुती सर्वोत्कृष्ट ठहर भएको थियो ।  उनको रिसर्च मानव शरीरमा हुने रक्तप्रवाह सम्बन्धी गणितीय मोडलमा आधारित थियो यसबाट कार्डियो भास्कुलर डिजिजको व्यवस्थापनमा सहयोग पुग्ने छ। त्यसैगरी यस सम्मेलनमा अन्य अनुसन्धानकर्ताहरू पनि सम्मानित भएका थिए ।  

तपाईको बिचार