सुदूरपश्चिमले पावरप्लेमा बनायो ५० रन

सुदूरपश्चिमले पावरप्लेमा बनायो ५० रन

639

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध पावरप्ले (सुरुआती ६) ओभरमा एक विकेट गुमाउँदै ५० रन बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलन २० र विनोद भण्डारी १५ रन बनाएर खेलिरहेका छन् ।दोस्रो ओभरको पाँचौं बलमा रामोन रिफेरले सेफ जैबलाई बोल्ड गरे । उनले ९ रन बनाए ।

तपाईको बिचार