बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बेपत्ता

बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बेपत्ता

651

दमास्कस । सिरियाली विद्रोहीहरूले दमास्कस कब्जा गर्दै राष्ट्रपति बसर अल असद भागेको बताएका छन् । दमास्कसका विद्रोही सेनाले लामो समयदेखि शासनमा रहेका बसर अल असदको राजधानी सहरलाई मुक्त घोषणा गरेपछि सरकारी सेना फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बिद्रोहीहरूले आधिकारिक रूपमा सत्ता हस्तान्तरण नभएसम्म सार्वजनिक संस्थानहरू पूर्व प्रधानमन्त्रीको निगरानीमा रहनेसमेत बताएका छन् । समाचार अनुसार बिद्रोहीले राजधानी सहरसमेत कब्जा गरे पछि राष्ट्रपति असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको उल्लेख गरेका छन् ।

सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले असद अहिले कहाँ छन् भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

सोशल मिडियामा साझा गरिएको अप्रमाणित फुटेजले कुख्यात सयदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरिएको देखिएको छ, जहाँ असदका विरोधीहरूलाई यातना र मृत्युदण्ड दिइने गरिन्थ्यो ।

तपाईको बिचार

सम्बन्धित खबर