काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान साढे ८ बजे आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलन, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने लगायत विषयमा छलफल हुने छ ।
तपाईको बिचार