आधुनिक सञ्चार प्रविधि र फिलोसोफिकल अध्ययन सम्पन्न  

आधुनिक सञ्चार प्रविधि र फिलोसोफिकल अध्ययन सम्पन्न  

689

रमा न्यौपाने (आर्ज्या )

भक्तपुर । मदन भण्डारी स्कुल अफ एसियाको आयोजनामा  एसियाका ११ देशका कम्युनिस्ट निकट  र पत्रकार नेताहरूसँग सञ्चार प्रबिधि , फिलोसोफिकल अध्ययन सम्पन्न भएको छ ।

भक्तपुरको खरिपाटी स्थित विद्युत प्राधिकरण तालीम केन्द्रमा १० दिन सम्म चलेको कार्यक्रमको प्रमुख  अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा  पूर्व प्रधानमन्त्री माधवकुमार नेपाले उद्घाटन गरेका थिए ।

 विभिन्न ११  देशका प्रशिक्षार्थीको सहभागितामा भएको छलफल सहितको अध्ययनमा केही नयाँ पन थियो  ,  जहाँ एक देशले अर्को देशको नागरिकसग सहकार्य गरि ज्ञान सीप अनुभव साटसाट गरि मित्रताको सम्बन्ध बिस्तार भएको  सहभागीको भनाइ छ ।

प्रशिक्षण कार्यक्रममा नेपाल,, भारत  बाङ्गालादेश, पाकिस्तान , इन्डोनेसिया ,भियतनाम, अस्ट्रेलिया , फिलिपिन्स, मलेसिया श्रीलङ्का सहित देशका कम्युनिष्ट पार्टीका नेताहरूको सहभागिता थियो ।

 मदन भण्डारी स्कुल अफ एसियाको school of philosophical studies आयोजनामा भएको कार्यक्रममा विदेशबाट नेपाल आएका पाहुनाहरूलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थानको अध्ययन अवलोकन समेत गराइएको थियो ।

सहभागीहरूलाई  एसियाको पहिलो सामुदायिक रेडियो स्टेसन रेडियो सगरमाथा र रातोपाटी डटकमको टोली सहित अवलोकन आयोजक संस्थाले गराएको थियो ।कार्यक्रमको अवधिमा डिजिटल पत्रकारिता , विश्वासको  कम्युनिस्ट आन्दोलन र अबको बाटो ,पुँजीवाद र माक्सवादका बारेमा बृहत्तर छलफल भएको थियो । 

 कार्यक्रममा नेकपा ( माओवादी केन्द्र ) का नेता नारायण काजी श्रेष्ठले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।   उनले नेपालको  कम्युनिस्ट आन्दोलन  नीतिब्यबहारमा सुधार गर्ने प्रयास भएको बताका थिए । कार्यक्रममा नेकपा ( बिप्लब) समुहका चिरन पुन , नेकपा एकीकृत समाजवादीका सचिव  बलराम बाँस्कोटा नेता साबित्रा भुसाल , माधब पन्त  सहित आँचल राज पाण्डे , सुरज ढकाल सहितको सहभागीता रहेको थियो ।

आयोजकको तर्फबाट  संगीता तिमल्सिना ,असोक थापा, सुजिता कार्की उपस्थिति थियो ।  कार्यक्रम प्रमेश  पोखरेलले संचाल गरेका थिए भने ब्राजिल ,अमेरिका, चाइना पाकिस्तान , बङ्गलादेश , भारत लगायतका देशका कम्युनिष्ट पार्टीका नेताहरुले सहजिकरण गरेका थिए ।

 

तपाईको बिचार