काठमाण्डौं । स्थानीय तहको उपचुनावअन्तर्गत आइतबार भएको मतदानमा नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादीका देवका लामिछाने विजयी भएकी छन् । लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार इन्द्रा चन्द सिंह लाई पराजित गरेकी हुन् । लामिछानेले ४ हजार २७२ मत प्राप्त गरी चन्दलाई हराएकी हुन् ।
चन्द्रले ३ हजार १४७ मत प्राप्त गरी पराजित भएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । यस्तै एमालेका उम्मेदवार सुनिता बोहराले २ हजार ५४२, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार पार्बती पुनले १ सय ७९, राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याएकी छिन् । यस्तै नेपाल समाजवादी पार्टीका उम्मेदवार पवित्रा जैसीले १७ मत ल्याएकी छिन् ।
यहाँ २०७९ मा कांग्रेस-माओवादीबीच गठबन्धन भएको थियो । उक्त गठबन्धनको भागवण्डाअनुसार नगरप्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख काँग्रेसको भाग परेको थियो ।
तपाईको बिचार