स्थानिय तह उपनिर्वाचन- दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खस्यो

स्थानिय तह उपनिर्वाचन- दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खस्यो

639
लामबद्ध मतदाता सुर्खेत १६ मङ्सिरः दैलेखको महावु गाउँपालिका–१ खरिगैरा केन्द्रमा आइतबार गाउँपालिकामा रिक्त रहेको वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता । तस्बिरः सुरेश आचार्य÷रासस

काठमाडौं, । स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान भएको हो ।

अहिले दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ५० प्रतिशत मत खसेको आयोगका सचिव रबिलाल पन्थले बताए ।  सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।

तपाईको बिचार