धनगढी । कैलालीको धनगढीमा चार वटा सडक दुर्घटनामा परी ६ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश आपतकालीन कार्यसञ्चालक केन्द्रले पठाएको विवरणअनुसार धनगढीका विभिन्न स्थानमा चारवटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ६ जना घाइते भएका हुन्।
धनगढी उपमहानगरपालिका-११ घोड्सुवास्थित सुदूरपश्चिम प्रदेश ०१–०११ प ४३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा १६, १८ र १६ वर्षीय तीन जना घाइते भएका छन्। घाइतेको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।
यस्तै धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ९ वर्षीय एक बालक घाइते भएका छन्। घाइते बाललकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
धनगढी उपमहानगरपालिका-११ बेलामा मोटरसाइकलले छाडा गोरुलाई ठक्कर दिँदा ४६ वर्षीय एक जना घाइते भएका छन्। घाइतेको नोभा अस्पताल धनगढीमा उपचार भइरहेको छ।
यस्तै धनगढी उपमहानगरपालिका-१२ कम्पनी रोडस्थित अटोले पैदलयात्रीलाई ठक्कर दिँदा ६० वर्षीय एक जना घाइते भएका छन्। घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
तपाईको बिचार