एपिएफको महिला फुटबल टोलीले भारतको सिलिगुडीमा मैत्रीपूर्ण खेल खेल्ने

एपिएफको महिला फुटबल टोलीले भारतको सिलिगुडीमा मैत्रीपूर्ण खेल खेल्ने

1065

काठमाडौं । एपिएफ फुटबल क्लबको महिला टिमले भारतको सिलिगुडी टोर्सा स्टेडियम,सिमा सुरक्षा बल, रानिडागांमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

नेपाल भारत महिला मैत्री समाजको आयोजनामा एपिएफ र भारतको सिमा सुरक्षा बलको महिला फुटबल टिमबीच खेल हुने भएको हो । खेल मंसिर १५ गते दिउँसो ३ बजे सिलिगुडीस्थित सिमा सुरक्षा बलको मैदानमा हुने नेपाल भारत महिला मैत्री संघका अध्यक्ष माननिय चन्दा चौधरीले बताईन् ।

एपिएफले महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरेको आफ्नो मुख्य टोली लिएर सहभागिता जनाउँदै छ । अर्को महिना सुरु हुने महिला लिगको अन्तिम चरणको तयारीस्वरूप यस खेललाई लिइएको छ ।

एपिएफको टोलीमा अनिता बस्नेत, रेनुका नगरकोटे, अनिता केसी, गीता राना, सरु लिम्बू, हिमा रावत, शोभा कुमारी प्रधान, निशा थोकर, प्रतीक्षा चौधरी, कुसुम खतिवडा, सावित्री किसान, सविता रानामगर, मनमाया दमै, रश्मी घिसिङ्ग, प्रिती राई, झरना डुम्राकोटी र रेनुका हमाल ।
अफिसियल विकास घिमिरे (अध्यक्ष), जिवेश पाण्डे (प्रमुख प्रशिक्षक), विजय केसी (व्यवस्थापक), चन्द्रा दाहाल (गोलरक्षक प्रशिक्षक), मिलन अधिकारी (सहायक प्रशिक्षक), विष्णु बहादुर रासकोटी (फिजियो) रहेका छन् ।

नेपाल र भारतका महिलाहरुको हक हित र क्षमता अभिवृद्धि गर्दै दुई देशका महिलाहरु बिच एक आपसमा सम्बन्ध विस्तार गर्ने उदेश्यले नेपालमा दर्ता भएको एक सामाजिक संस्था हो । यस संस्थाले विगतमा पनि स्वास्थ्य शिविर, खेलकुद, विपतमा परेकाहरुलाई राहत बितरण जस्ता सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

नेपाल तथा भारतको महिला फुटबल खेलाडीहरुको क्षमता अभिवृद्धि तथा भाईचारा विकाश गर्ने उदेश्यका साथ यस संस्थाको आयोजनामा भारतको सिमा सुरक्षा बलको महिला फुटबल टिम र नेपालको एपिएफ महिला फुटबल टिम बिच मैत्रीपुर्ण फुटबल खेल आयोजना गरिएको छ । नेपाली टिमको नेतृत्व गरेका बिकास घिमिरेले बताए । टिममा जम्मा सख्यां २३ जना सहभागी हुने छन् ।

तपाईको बिचार

सम्बन्धित खबर