रविका समर्थकले माइतीघरमा गरे प्रदर्शन

रविका समर्थकले माइतीघरमा गरे प्रदर्शन

655

काठमाण्डौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान भइरहँदा रविका समर्थक तथा रास्वपाका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका छन्। रविका समर्थकले ‘राजनीतिक प्रतिसोध बन्द गर’, ‘रवि दाईलाई रिहा गर’ जस्ता प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन्। काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा रविको बयान भइरहेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो ।

पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो साँझ काठमाडौं ल्याइएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर