नेवार संस्कृति नेपालका संस्कृतिहरुमध्ये विकसित संस्कृति हो- प्रधानमन्त्री ओली

नेवार संस्कृति नेपालका संस्कृतिहरुमध्ये विकसित संस्कृति हो- प्रधानमन्त्री ओली

623

काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् ।

बुधबार २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकाले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतिलाई मूल रुपमा प्रतिविम्बित गर्छ ।

थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपच्छिे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । दुनियाँमा यस्तो पृथक् प्रकारको संस्कृति अन्यत्र पाइँदैन् । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेषता छन् ।’’

उनले नेपालमा समुदायपिच्छे नै पृथक् प्रकारको संस्कृति रहेको उल्लेख गरेका छन् । उनले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनै पनि देशमा नरहेको बताए ।

उनले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताउनुभयो । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणका लागि सबै एकजुट भएर लाग्न आग्रह गरे ।

प्रधानमन्त्रीले भने, ‘‘मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरुको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरुको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ ।

नेपालका जोगाउनुपर्ने संस्कृतिहरुमध्ये काठमाडौं उपत्यकाबाट सुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो ।’’ ज्यापू दिवस (योमरि पुन्ही)  मङ्सिर ३० गते मनाइँदैछ ।

तपाईको बिचार