प्रधानमन्त्री ओलीसँग ४० सरकारी टोली चीन जाँदै

प्रधानमन्त्री ओलीसँग ४० सरकारी टोली चीन जाँदै

617

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहित सहभागी हुने भएको छ । भ्रमण दलमा सरकारी टोलीका अतिरिक्त अन्य उद्योगी व्यवसायीहरु सहित सहभागी हुनेछन् ।

परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।

‘१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने परराष्ट्र स्रोतले जानकारी गराएको छ । ‘प्रधानमन्त्री गएको भोलिपल्ट उच्चस्तरीय भेट हुनसक्छ । तर, औपचारिक तालिका आइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो ।

तपाईको बिचार

सम्बन्धित खबर