काठमाडौँ । नेकपा (एकीकृत समाजवादी), विदेश विभाग सचिव डा.शंकर खतिवडाले विश्व बहुध्रुवीय शक्ति संघर्षमा तीव्र रूपले अगाडि बढिरहेको बताएका छन् ।
‘आइक्याप’ को १२ औँ महासभामा पार्टीको तर्फबाट सम्बोधन गर्दै डा.खतिवडाले वर्तमान विश्वव्यापी अस्थिरताका कारण शान्ति र मेलमिलाप संकटमा परेको उल्लेख गरेका थिए ।
उनले नयाँ वहुध्रुवीय विश्व व्यवस्थाको उदय र पश्चिमाहरूको आक्रामक प्रतिरोधले विश्वव्यापी अस्थिरता निम्त्याएको र जलवायु परिवर्तनले नेपालजस्ता देशहरूलाई गम्भीर खतरा पुर्याएको कुरा सभामा उल्लेख गरे ।
बहुपक्षीय संवाद र कूटनीतिक पहल कदमीमार्फत शान्ति र मेलमिलापको वातावरण सिर्जना गर्नुपर्नेमा डा. खतिवडाले जोड थियो । मंसिर ८ गते डा.खतिवडाले महासभाको तेस्रो प्लेनरी सत्रमा मुख्य वक्ताको रूपमा सम्बोधन गरेका थिए । उनले कोम्बोडियाका प्रधामन्त्री हुन मानेटलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता समेत गरेका थिए ।
तपाईको बिचार