तोलामा २ हजार ६ सय घट्यो सुन

तोलामा २ हजार ६ सय घट्यो सुन

657

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन (सोमबार) १५ हजार ९ सय रुपैयाँ घटेको सुन आज फेरि प्रतितोला २ हजार ६ सय रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ८ सय ४५ रुपैयाँ रहेको चाँदी यस दिन एक हजार ८ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको बिचार