काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई जरिवानाको चिट्ठी इमेल र हुलाकमार्फत पठाएको छ। आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र पठाएको हो। एमाले केन्द्रीय कार्यालय कार्यक्रम आयोजक नभएकाले आयोजकलाई नै पत्र दिनु भन्दै पत्र बुझेको थिएन ।
नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा फोहर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो।
आइतबार महानगरको टोली पत्र लिएर च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेकोमा एमालेले उक्त पत्र लिन इन्कार गरेको थियो। एमाले केन्द्रीय कार्यालयले चिट्ठी बुझ्न अस्वीकार गरेपछि सोमबार बिहान हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाइएको काठमाडौं महानगर प्रहरी बल प्रमुख एसएसपी राजुनाथ पाण्डेले बताए ।
तपाईको बिचार